अर्घाकी दुवै मिर्गौला पीडित १६ वर्षिया किशोरीको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या

प्रेम खड्का 
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाकी दुवै मिर्गौला पीडित किशोरीको आर्थिक अवस्था कमजोर भएको उपचारको लागि समस्या परेको छ । 
अर्घाकी दुवै मिर्गौला पीडित १६ वर्षिया किशोरी संगिता बिकको पारिवारिक  आर्थिक अवस्था कमजोर भएको उपचारको लागि समस्या परेको हो ।
सन्धिखर्क स्थित जिल्ला अस्पतालमा भर्ना भएकी संगिता बिकलाई बुटवलको गौतम बुद्द अस्पतालमा रिफर गरिएको छ । यस अघि उनिलाई पाटन अस्पताल र बुटवलमा लागि उपचार गरिएता पनि आर्थिक अवस्था कमजोर भएको कारण जिल्ला फर्काइएको थियो । 
उनको परिवारले आफ्नी छोरी, बहिनीलाई बचाई दिन भन्दै सक्दो आर्थिक गरिदिन देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई अर्घाखाँचीडट्कम मार्फत अपिल गरेका छन् ।  
कसैले सक्दो सहयोग गर्न चाहेमा ९८६०७६००६४ (ठाकुर बिक दाई) ९८४७३७८४४१ (सुरज बिक दाई) ९८६९०७३२०९ (नेत्र विक माईलो दाई)    नम्बरमा सम्पर्क गर्न सकिनेछ । 

अन्य समाचारहरु