सुर्य भुसाल
छत्रदेव (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ का अध्यक्ष तेज प्रसाद खनालले सुन्दर सफा भष्टचार मुक्त नमुना वार्ड बनाउने गरि आफुले बिकासका कामहरु अगाडि बढाएको बताउनु भएको छ ।
खनालले खानेपानि बिधुत मोटरबाटो तथा आयआर्जन हुनेखालका बिकासका कामहरुलाई निरन्तरता दिने बताउदै जनतासँग गरेका प्रतिबद्धता आफुले पूरा गर्ने दाबि गर्नु भयो ।
अध्यक्ष खनालले वार्डमा आउने सेवाग्राहीलाई ५ मिनेटमा जस्तो सुकै काम पनि पूरा गरेर जनतामुखि काम आफुले सुरु गरेको र वार्डका कर्मचारीहरुलाई मुस्कान सहितको सेवा लिन निर्देसन दिऐको बताउनु भयो ।