अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थिती अर्घाखाँची आवासीय माध्यमिक विद्यालय सन्धिखर्क २ बेल्वाटिकाले विद्यार्थीकाे प्रतिभा पहिचान कार्यक्रम अन्तरगत बेलवाटिका सिङ्गिङ आईडल २०७५ सम्पन्न गरेकाे छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरू बिभिन्न चरणबाट छनाैट हुँदै आज अन्तिम चरणकाे प्रतियाेगितामा सामेल भएका हुन् । उनिहरूले प्रतियोगितामा विभिन्न लय र संगीतमा चेतनामुलक र राष्ट्र भक्तीपुर्ण गीतहरू प्रस्तुत गरेका थिय ।उक्त सिङ्गीङ आईडलमा कक्षा १०मा अध्ययनरत छात्रा प्रिन्सु जि .एम .ले बेल्वाटिका सिङ्गगिङ्ग आईडल प्राप्त गर्दै वेष्ट सिङ्गर समेत बन्न सफल भईन् । उनले गायनमा प्राप्त अङ्क र बिद्यार्थीकाे प्राप्त भाेटबाट उत्कृष्टता हासिल गरि प्रथम स्थान प्राप्त गरिन् ।
त्यसै गरि कक्षा ६मा अध्ययनरत छात्रा समीक्षा नेपाली फस्ट रनर अफ बन्न सफल भईन् ।भने कक्षा १० मा अध्ययनरत सुजाता महत सेकेन्ड रनर अफ काे स्थान प्राप्त गरि्न् ।उक्त आईडल प्रतियोगितामा कक्षा ७मा अध्ययनरत शुशिल के.सि. दर्शकले धेरै मन परायका बेष्ट पब्लिक च्वाईस बन्न सफल भएका थिए ।
आईडलमा बिजेता सम्पुर्ण विद्यार्थीहरू लाई प्रिन्सिपल श्री कृष्ण भुसाले बधाई तथा धन्यबाद ज्ञापन गरेका थिए ।