नयाँशक्ति पार्टी नेपाल सितगंगा नगरपालीकाको बैठक तथा भेला सम्पन्न

श्याम घिमिरे 
पौष १९ अर्घाखाँची- नयाँशक्ति पार्टी नेपाल सितगंगा नगरपालीकाको बैठक तथा भेला सम्पन्न भएको छ । भेलामा पार्टीका केन्द्रीय संरक्षक परिषद सदस्य राजु नेपाली, जिल्ला संयोजक गोकर्ण थापा, संघिय परीषद सदस्य टोपबहादुर बलाल, कार्यालय सचिब पुष्करनाथ आचार्य सितगंगा नगर ईन्चार्ज ईन्द्र बहादुर गेलेङ लगायतको बिशेष आतिथ्यता रहेको थियो । भेलाले ५ महिना ५ काम र ५ परीणाम अभियानलाई केन्द्रीय कार्यक्रम अनुसार सन्चालन गर्ने निर्णय समेत गरेको छ ।
भेलाले भक्त बहादुर अधिकारीको संयोजकत्वमा ५ सदस्यीय सितगंगा नगरपालीका स्तरीय राजनैतिक सम्बाद समितिको गठन गरेका छ । जसको सदस्यहरुमा क्रमश ः मुक्तबहादुर पल्ली,शेरबहादुुर पुन, शुसिला थापा, र पुनम शारु रहनु भएको छ । यस्तै भेलाले ठगबहादुर घर्तीको संयोजकत्वमा वडानम्बर २ को वडासमिति र शेरबहादुर पुनको संयोजकत्वमा वडानम्बर १४ को वडासमितिको समेत गठन गरेको छ ।
स्वही अबसरमा बिभिन्न पार्टी परीत्याग गरी नयाँशक्ति पार्टी नेपालमा धुब्रिकरण भएको पार्टीले जनाएको छ । भेला नगर संयोजक भक्त बहादुर अधिकारीको अध्यक्षता र टुकबहादुर चेवालीको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु