अर्घाखाँचीडट्कम संवाददाता
बुटवल पौष २० । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ डिभर्नाको पटुवाथुमकी दुबै मिर्गौला पीडित रन्जना बिकको उपचारको लागि आर्थिक सहयोग गरिएको छ ।
कलाकार समेत रहेकी रन्जनाको उपचारको लागि अर्घाखाँची युथ क्लबको पहलमा रु ९४ हजार ५५० रुपैयाँ रकम बुटवलमा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रदेश ५ का लोक तथा दोहोरी गित प्रतिस्ठन नेपालका अध्यक्ष दिल्ली नारायण पाण्डेले उक्त रकम हस्तान्तरण गरेका थिए ।
साथै कार्यक्रमको समायोजन कलाकार लोकेन्द्र शाह र मदन नेपालीले गरेका थिए ।
सन्धिखर्कको चुत्राबेसी स्थित जनज्योति माबिमा १२ कक्षामा अध्ययन गर्दै आएकी रन्जना श्रेष्ठ र उनको परिवारलाई सो रकम हस्तान्तरण गरिएको थियो ।