संजय घिमिरे
पाणिनी, अर्घाखाँची । रोट्रयाक्ट क्लव अफ बुटवल सिनर्जीले अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकाका दुई विधालय श्री कृष्ण मा वि र कमला मा वि का छात्रछात्रा हरुलाई न्यानो कपडा वितरण सम्पन्न गरेको छ।
बाल कक्षा देखि कक्षा पाँच सम्मका बिपन्न गरिब परिबारका विधार्थीलाई स्वेटर र कापि कलम वितरण गरिएको हो।कृष्ण मा वि मा सोहि विधालयका भु पु विधार्थी रोट्रयाक्टर संजय घिमिरेको अध्यक्षता पीणिनि वडा नं ५का वडाध्यक्ष जिवलाल घिमिरेको प्रमुख आथित्यता समाजसेवि सुदन ज्ञवालि र डिस्ट्रिक कम्युनिटी सर्भिस डाईरेक्टर रोट्र्याक्टर विक्रम क्षेत्रिको विशेष आतिथ्यता,क्लवका अध्यक्ष रोट्र्याक्टर अर्जुन गिरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन क्लवका उपाध्यक्ष रो. युवराज लम्सालले गर्नुभएको थियो।
प्रमुख अतिथि विशिष्ट अतिथी र अतिथिहरुले न्यानो कपडा वितरण गर्नु भएको कार्यक्रममा प्र अ जिवनारायण भट्टराई सुदन ज्ञवालि वडाध्यक्ष जिवलाल घिमिरे र कार्यक्रमका अध्यक्ष संजय घिमिरेले मन्तव्य राख्नुभएको थियो।
यसै गरी कमला मा वि पालिमा पुर्व विधार्थी रो.अभिमन्यु पोख्रेलको अध्यक्षता,सुदन ज्ञवालिको प्रमुख आतिथ्यता रो.विक्रम क्षेत्रीको विशेष आतिथ्यता शिक्षक अभिवावक संघका अध्यक्ष निम प्र.भट्टराई विधालय व्यवस्थापन समितिका सदस्य मधु पन्थ विधालयका प्राचार्यको आतिथ्यता क्लवका अध्यक्ष रो.अर्जुन गिरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन रो.संजय घिमिरेले गर्नु भएको थियो।
साना विधार्थीलाई न्यानो वितरण गरेकोमा सबैले खुशि र धन्यवाद प्रकट गर्नुभएको थियो।सो क्लबले बिगत १० बर्ष देखि नै हरेक बर्ष यी र यस्तै सामाजिक कार्य गर्दै आइरहेको छ।