सर्लाहीका उखु किसानद्दारा सात दिनभित्र चिनी मिल सन्चालन नगरे आन्दोलन गर्ने घोषणा

news
सर्लाहीका उखु किसानले सात दिनभित्र चिनी मिल सन्चालन नगरे आन्दोलन गर्ने घोषणा गरेका छन् ।
चिनी मिल सन्चालकहरुले सरकारले बिहीबार निर्धारण गरेको उखुको मूल्य दिएर मिल सन्चालन गर्न नसकिने बताइरहेका छन् ।
शुक्रबार हरिवनबजारमा र्‍याली निकाल्दै किसानले इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा आर्थिक वर्ष २०७४/२०७५ को मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसामध्ये कोेष तथा लेखा नियन्त्रण कार्यालयमा रोकिएको अनुदानवापतको ६५ रुपैयाँ २८ पैसा तुरुन्त दिनुपर्ने पनि माग गरिएको छ । इमेजखबरमा समाचार छ ।