अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क पौष २१ अर्घाखाँची- अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियन अर्घाखाँचीको अध्यक्षमा पूनः गोविन्द बन्जाडे निर्वाचित हुनुभएको छ ।
सन्धिखर्कमा सुक्रबार सम्पन्न छैठौं जिल्ला भेलाले अध्यक्ष बन्जाडेको नेतृत्वमा ३ सल्लाहकार सहित १२ सदस्यिय जिल्ला समितिको सर्वसहमत चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा शिव के.सी.,सचिव महेश बुढा मगर,सह–सचिव भिम बहादुर खत्री र कोषाध्यक्षमा बिरु भट्टराई रहनुभएको छ ।
यातायात मजदुर युनियनका केन्द्रिय अध्यक्ष गोविन्द वि.सी.,राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.अन्टुक जिल्ला उपाध्यक्ष तुल्सी गैरे र युनियनका जिल्ला सल्लाहकार शोभाखर भुसालले शुभकामना मन्तव्य राख्दै मुलुकमा भइरहेको महगीं र सामाजिक विकृतिका विरुद्ध सबै एक जुट हुनपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चा निकटको यातायात मजदुर युनियनमा आवद्ध व्याक्तिहरुको उल्लेख्यनिय सहभागितामा सम्पन्न भेलाले देवीराम वेल्वासे,बसना वस्याल,तिलक भुसाल,लक्ष्मण भुसाललाई सदस्यमा छनोट गरेको छ भने केशव बन्जाडे र केशव भुसाललाई सल्लाहकारमा चयन गरेको छ ।