अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क पौष २१ अर्घाखाँची- श्रीकृष्ण माध्यमिक विद्यालय पाणिनी गाउँपालिका ५ मैदानमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ पाणिनी गाउँपालिकाको संयोजन र श्रीकृष्ण माविको आयोजनामा सम्पन्न हाजीरजवाफ प्रतियोगितामा ५ टिमको समभागिता रहेको थियो ।
जसमा हरिप्रसाद घिमिरेको समुह प्रथम, विन्दु पन्थीको समुह द्धृतिय, वर्षा न्यौपानेको समुह तृतिय भएका हुन । कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला सदस्य घनश्याम पौडेलले आगामी दिनमा पनि रचनात्मक कार्य गर्न शुभकामना व्यक्त गरे । उनले विद्यार्थीको हरेक आन्दोलन र शैक्षिक रचनात्मक कार्यमा नेविसंघ सधै लागीपर्ने बताए ।
विद्यालयका प्रध्यानाध्यापक जिवनारायण भट्टराईले विद्यार्थी संगठनले गरेको रचनात्मक कार्यको प्रशंसा गरे । कार्यक्रममा नेविसंघ पाणिनी गाउँपालिका संयोजक हिरामणि घिमिरे, शिक्षक हरिप्रसाद घिमिरे, नन्दलाल विक लगाएतले शुभकामना व्यक्त गरे । कार्यक्रम नेविसंघ कृष्ण मावि मुल इकाइ समिती अध्यक्ष भावना पौडेलको अध्यक्षता र सचिव विकास घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।