अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क पौष २१ अर्घाखाँची- शितगंगा नगरपालिका ९ सिद्धारा स्थित पाँकुरी आधारभूत विद्यालयमा शुक्रबारिय कार्यक्रम अन्र्तगत छनौट नृत्य प्रतियोगिता सम्पन्न भएको छ । माघे संक्रान्तिको अवसरमा आयोजना हुने पाचौँ बराहदह माघि एवं सांस्कृतिक मेलामा हुने नृत्य प्रतियोगितामा विद्यालयबाट प्रतिनिधित्व गराउन प्रतियोगिता संचालन गरिएको विद्यालयले बताएको छ ।
जुनियर रेडक्रस सर्कलका सदस्य पल्लवी तामाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम पाँकुरी बाल क्लबका सदस्य जित बहादुर लुईचेको सभापतित्व एंव विद्यालयका सहायक प्राचार्य तिलकराम बन्जाडेको प्रमुख आतिथ्यता र हुमा विक, ज्ञानमाला खत्री, होमराज पदेउती, सुशिला आचार्य, सिमा सारु र निर्मला केसीको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन तथा सहजीकरण बाल क्लबका सचिव सन्दिप परियारले गर्नु भएको थियो ।
पाँकुरी बाल क्लब र जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको छनौट नृत्य प्रतियोगितामा सपना खाम्चाको समूह प्रथम, निशा गाहाको समुह द्वितिय र पुष्पा सुनारको समुह तृतिय भएका थिए ।