अर्बुद रोग निवारण संस्था अर्घाखाँचीले माघमा निशुल्क क्यान्सर स्क्रेनिङ्ग शिविर संचालन गर्ने

गोपाल प्रसाद भट्टराई 
अर्घाखाँची । नेपाल अर्बुद रोग निवारण संस्था अर्घाखाँचीले आसन्न माघ महिनामा निशुल्क क्यान्सर स्क्रेनिङ्ग शिविर संचालन गर्ने भएको छ ।समयमै रोगको पहिचान भएमा निको हुने भएपनि क्यान्सर रोगको विषयमा पर्याप्त चेतना नहुँदा धेरै बिरामी उपचारको पहुंचमा नभएकोले यस्तो शिविर राख्न थालिएको उक्त संस्थाले जनाएको छ ।
अलि अलि संकेत देखा पर्दा अस्पतालमा नजाने हामीहरुको चलन छ,जसले गर्दा हामीलाई रोगले गालेपछि मात्रै अस्पतालमा पुग्ने गर्दछौं नेपाल अर्वुद रोग निवारण संस्थाका अर्घाखाँची अध्यक्ष पिताम्बर बन्जाडेले भन्नुभयो,सुरुकै अवस्थाका बिरामीको पहिचान गरी उपचारको पहुंचमा पु¥याउने उद्देश्यले यस्तो शिविर राख्ने सोंच बनाएका हौं ।
जिल्लामा २०५९ सालमा स्थापना भएको यस संस्थाले क्यान्सर रोग सम्बन्धि नागरिक सचेतना,बिरामीलाई उपचारको पहुंचमा लैजान आर्थिक र नैतिक सहयोग,देश बाहिर उपचारमा जांदा बिरामीलाई हुने निःशुल्क हवाई टिकटको निम्ती सिफारिस जस्ता अनुकरणिय कामहरु गर्दै आएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
संस्थाको अघिल्लो हप्ता सन्धिखर्कमा सम्पन्न नवौं जिल्ला सभाले मानिसमा चेतना दिन सके बेलैमा उपचार हुने र क्यान्सर रोग निको पार्न सकिने भएकोले आसन्न माघ महिनामा क्यान्सर स्क्रेनिङ्ग र प्याप स्मियर अर्थात महिलाको पाठेघरको क्यान्सर परिक्षण शिविर संचालन गर्ने भनि गरेको निर्णयलाई यहि पुष २० र २१ गते काठमाडौंमा सम्पन्न संस्थाको केन्द्रिय सभाले प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाएपछि शिविर संचालन हुने निश्चित भएको संस्थाका जिल्ला उपाध्यक्ष दोर्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
नेपाल अर्वुद रोग निवारण संस्थाको सक्रिय सहयोगले नै जिल्लामा क्यान्सर रोगका बिरामी समयमै उपचारको पहुंचमा पग्न सफल भएको र अधिकांशले पूर्ण स्वास्थ्य लाभ समेत लिएको संस्थाका सचिव कुशल भुसालले बताउनुभएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब ३६ हजार नयाँ बिरामी देखिने गरेका छन् ।भने विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले नेपालमा प्रति एक लाख मानिस मध्ये १२० जनालाई क्यान्सर लाग्ने देखाएको छ ।बिरामीमध्ये सबैभन्दा बढी पाठेघरको क्यान्सर,त्यसपछि स्तनको क्यान्सर र पुरुषमा फोक्सोको क्यान्सर लागेकाहरू बढि हुने गरेको क्यान्सर अस्पताल चितवनका चिकित्सक डा.अनिल कार्कीले बताउनुभएको छ ।

अन्य समाचारहरु