अर्घाखाँचीमा मौसम सुधार, तापक्रम ८ डिग्री सेल्सियसमा

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । पश्चिमी वायुको प्रभावका कारण आईतबार र सोमबार अर्घाखाँचीमा परेको मौसम बदलीमा सुधार भएको छ । 
पानीले सदरमुकाम सन्धिखर्क लगायत अर्घाखाँचीका विभिन्न स्थानमा चिसो बढाएपनि सोमबार साँझदेखि मौसममा सुधार देखिएको छ । आईतबार र सोमबार  जिल्लाका कयौ भागमा हिमपात पनि भएको थियो । 
रतलेमा परेको हिमपात 
पश्चिम नेपालबाट प्रवेश गरेको वायुले पानी पारेको र उक्त वायु मध्यभेग हुँदै पूर्वतिर जाने मौसमविद्हरुले बताएका छन् । 
सामान्यतया हिउँदका सुरुआती दिनहरुमै वर्षा हुनुपर्ने भएपनि यसपटक यो नै पहिलो हिउँदे वर्षा हो ।
हिउँदमा पाँचपटकसम्म वर्ष हुने भएपनि यस वर्ष बल्ल पहिलो वर्षा भएकाले हिउँदे वर्षा कम हुने सम्भावना बढेको पनि मौसमविद्हरुले बताएका छन् । 
अर्घाखाँचीमा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ ।

अन्य समाचारहरु