अखिल छैठौं अर्घाखाँचीले आसन्न माघ महिना भर गाउं टोल अभियान संचालन गर्ने

श्याम घिमिरे 
पौष २३ अर्घाखाँची- अखिल छैठौं अर्घाखाँचीले आसन्न माघ महिना भर गाउं टोल अभियान संचालन गर्ने भएको छ । समाजमा रहेका कतिपय कुरिति र विकृतिले गर्दा गाउंमा घट्ने सामाजिक अपराधलाई प्रसय दिएकोले यसको नियन्त्रणका निम्ती एक महिने विशेष अभियान संचालन गर्न लागेको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।
छैठौंको आज सन्धिखर्कमा सम्पन्न तेस्रो पूर्ण बैठकले देशका उर्जावान युवा मध्येका केही युवाहरु नै अन्जानमा लागु औषध र्दुब्यसनीमा फस्नु,कुलत बाटो छोप्नु जस्ता गतिविधिले सामाजमा नकरात्मक असर पारेको निष्कर्ष निकाल्दै त्यस्ता कार्यमा फस्न निदन यस्तो अभियान संचालन गर्ने निर्णय गरेको अखिल छैठौंका जिल्ला अध्यक्ष सन्देश खनालले जानकारी दिनुभएको छ ।
अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर,सचिव गोपाल प्रसाद भट्टराई र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को सहजीकरणमा सम्पन्न बैठकले आमुल परिवर्तन र सभ्य समाज निर्माणको निम्ती गाउंटोलमा अखिल छैठौं भन्ने मुल नाराका साथ पहिलो चरणमा जिल्लाका सन्धिखर्क,भुमिकास्थान नगर र मालारानी गाउंपालिकामा प्रत्येक वडाका टोल–टोलमा विद्यार्थी केन्द्रित भेला,प्रशिक्षण,अन्तरक्रिया तथा जनभेटघाट कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष खनालले बताउनुभएको छ ।
अध्यक्ष सन्देश खनालको अध्यक्षता,उपाध्यक्ष पुरन नेपालीको स्वागत मन्तव्य र सचिव आकाश भाटको संचालनमा सम्पन्न बैठकले अखिल छैठौंको केन्द्रिय समितिले यहि पुष २७ र २८ गते अर्घाखाँचीमा आयोजना गरेको दुइ दिने राष्ट्रिय अगुवा कार्यकर्ता प्रशिक्षण भेला लाई सफल पार्न सक्रिय सहयोग गर्ने,माघ महिनाको बिशेष अभियान समापन पछि जिल्ला स्तरिय बिशेष प्रशिक्षणको आयोजना गर्ने लगायतका निर्णय गरेको छैठौंका जिल्ला सल्लाहकार विष्णु के.सी.ले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु