देउराली डाँडामा रहेको पोखरी मालिका मन्दिर ।
केशब खडका
देउराली डाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङला स्थित देउराली डाँडामा रहेको पोखरी मालिका मन्दिर पुनःनिर्माण हुने भएको छ ।
मन्दिर पुनःनिर्माण गर्नका लागि देउराली डाँडाबाट भारत लगायत अन्य मुलुकहरुमा रोजगारीको लागि रहेका र उक्त गाउँमा रहेका युबाहरुले पहल शुरु गरेका छन ।
मन्दिर निर्माण गर्न श्रीमती निमकला बस्नेतको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको सचीवमा अशोक बस्नेत, कोषध्यक्षमा चन्द्रबहादुर बस्नेत र सदस्यहरुमा चम्पा खडका, नारायण बस्नेत, माया आचार्य, कृष्ण बस्नेत चयन भएका छन । बााकी पदहरुमा सबैलाई समेटने गरि पद्पुर्र्ती गरिने छ । उक्त समितिले मन्दिर निर्माणमा आर्थिक पारदर्शिताको लागि सन्धिखर्क स्थित साइन रेसुङा बिकास बैकको शाखा मा ००२२०१००१९१०६१०००००१ नम्बर रहेको खाता खोलेको छ । पोखरी मालिका मन्दिरमा बडा दशैको घटस्थापना देखि बिशेष पुजा हुने गर्दछ । नवरात्रीको हरेक दिन दुर्गा पुजा हुन्छ । त्यस्तै कालरात्रीको दिन बेलुकी पख देबिको झन्डा प्रतीक आलम निकालिन्छ भने मध्यरातमा बलि दिइर पुजा गरिन्छ ।
महानवमीको दिन श्रद्धालु भक्तजनहरुले आफ्नो मनोकामना पूरा गर्न बलि दिने चलन छ र त्यसबाट आफ्नो मनकामना पुरा हुने धार्मिक बिश्वास रहदै आएको छ । महाअष्टमीको बेलुका पख निकालिएको दुर्गा माताको आलम बिशेष सराय नाच गरि दुवादसिको दिन भित्राइन्छ ।
हरेक आइतबार घरपालुवा गाई भैसीको दुध चढाउने गरिन्छ जसबाट गाइभैंसीको स्वास्थमा लाभ हुने बिश्वास छ । हरेक आइतबार र दशैको घटस्थापना देखि दुवादसीमा मन्दिर खुल्ला हुन्छ । आबश्यक परेमा शुभ बिबाह र शुभ बर्तबन्धको लागि जुनसुकै बेला पनि मन्दिर खुला रहन्छ । उक्त मन्दिरलाई पुन निर्माणको लागि सन्धिखर्क नगरपालिकाको कार्यलय, वडा न ०४ को कार्यालय, संसद बिकास कोष, जिल्ला सम्बन्यन समिती अर्घाखाँची लगायत अन्य सहयोगी सँस्थाहरु र ब्यक्तिहरुलाई समेत अनुरोध गरिएको छ ।