विनोद गैरे
फलामखिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ३ र ४ धारापानी स्थित भूतकादुला फलामखिल्जी लिफ्ट खानेपानीको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
योजनाको एक कार्यक्रमका विच भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै प्रमुख थापाले खानेपानीलाई व्यवस्थित रुपमा विस्तार र विकास गर्न सकेमा मात्र कृषिको माध्ययमवाट समग्र नगरको विकास सम्भव भएको उल्लेख गर्दै निकट भविश्य मै सम्पूर्ण नगरमा खानेपानीको तिव्र विस्तार र विकास गरिने बताउनुभएको थियो ।
कार्यक्रममा भूमिकास्थान नगरपानलिकाका उप प्रमुख खडानन्द बेल्वासे, भूमिकास्थान नगरपानलिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, लेखा अधिकृत ठाकुर श्रेष्ठ, शाखा अधिकृत भोजराज ताम्राकार, भूमिकास्थान नगरपानलिकाका वडा नं. ४ का वडा अध्यक्ष वावुराम सुनार, आर.डव्लु.एस.एस. का प्राविधिक विज्ञ तेज ओझा, भूमिकास्थान नगरपानलिका कार्यपालिका सदस्य कृष्ण सुार, आर.डव्लु.एस.एस. का जिल्ला परियोजना अधिकृत कुशल भुसाल, भूमिकास्थान नगरपानलिकाका वडा नं. ४ का वडा सदस्य झविलाल थापा, पुस्कर भुसाल, चित्र के.सी, रुपा सुनार, वास संयोजक मोहन पौडेल, समाजसेवी तोमलाल आले, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम उपभोक्ता समितिकी अध्यक्ष फुकुली देवी आलेकोे अध्यक्षता, उपभोक्ता मिना लालेको स्वागत तथा पवित्रा आलेको संचालनमा सम्पन्न भएके थियो ।