प्रेमनाराण आचार्य
छत्रदेव, अर्घाखाँची पुस २४ । प्रदेश नम्वर ५ का भौतिक पुर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले छत्रदेव गाँउपालिकाले गरेका कार्यहरु नेपालकै नमुना भएको बताउनु भयो ।
अर्घाखाँचीको विकास निर्माणको निरिक्षण गर्न आएका मन्त्री चौधरीले छत्रदेव गाँउपालिकाको कार्यलयमा भएको कार्यक्रममा बोल्दै खरको छानोमुक्त गाँउपालिका
बन्न सफलभएको र सामाजिक सुरक्षा भत्ता वितरण गर्दा एमविमिएस डाक्टर सहितको स्वास्थ्य शिविर गर्ने काम देशकै नमुना कार्य भएको बताउनु भयो ।
छत्रदेव गाँउपालिकामा देखिएको खानेपानीको समस्या समाधान गर्न र मोटरबाटो पिच नहुदा धुलाको समस्या रहेको देखिएकोले मोटरबाटो पिच गर्न प्रदेश सरकार लागि
पर्नेउहाको भनाई थियो । उनले खज्र्यांग देखि बल्कोट छत्रगञ्ज हुदै तम्घास जाने मोटरबाटो पिच गर्न आफुले पहल गर्ने बताउनुु भयो । कार्यक्रममा छत्रदेव गाँउपालिकाका
अध्यक्ष लेखनाथ पोख्रेलले गाँउपालिकाले गरेका नमुना कार्यको बारेमा जानकारी गराउदै प्रदेस सरकारले गर्नु पर्ने काम तथा विकास निर्माणका कामहरुको बारेमा पनि जानकारी गराएका थिए ।
कार्यक्रममा पाँच नम्वर प्रदेश विशेषाधीकार समितिका संयोजक कमलराज श्रेष्ठ, प्रदेस सांसद चेतनारायण आचार्य, जाल्पा भुसाल, निर्मला क्षेत्री, कल्पना पाण्डे, छत्रदेव गाँउपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम वडा अध्यक्ष कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।