हंशपूरमा आगलागीबाट ज्यान गुमाएका बालकका परिवारलाई आर्थिक सहयोग

अर्घाखाँचीडट्कम संवाददाता 
हंशपूर । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न. ६ हंशपूरमा आगलागीबाट ज्यान गुमाएका बालकका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।  
हंशपूर निवासी हाल साउदी अरब मा कार्यरत भुपेन्द्र बहादुर थापा को अगुवाइ मा आगो लागि बाट ज्यान गुमाएका ११ बर्सिय बालाक मालारानी ६ निबासी स्व. नारायण बि.क.को आमा लाई सहयोग स्वरुप रु.५००००।(पचास हजार ) एक कार्यक्रम का बिच हस्तान्तरण गरिएको हो । 
मालारानी गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष नारायण अर्याल ,पत्रकार महासघ ५ न. प्रदेश सदस्य अशोक खनाल , पत्रकारहरु बिरेन्द्र के सि, नवीन के सि आर्थिकसामाजिक अभियन्ता भोजबहादुर रोक्का लगायतले उक्त रकम निजको आमा मन कुमारी बि.क.लागि हस्तान्तरण गरिएको हो ।
उक्त रकम हाल सन्धिखर्क १ निबासी किरण राउत क्षेत्री मार्फत पठाइएको थियो ।

अन्य समाचारहरु