अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक हप्ते महिला लक्षित अचार बनाउने तालिम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा अध्यक्ष र प्रमुख अतिथी सन्धिखर्क वडा नं . १ अध्यक्ष युबराज बन्जाडे थिए । यस्तै कल्याणी सेवा नेपाल का अध्यक्ष शुशिला भण्डारी बन्जाडे लगायतको उपस्थिती रहेको थियो ।
तालिमको आयोजना सन्धिखर्क नगरपालिका वडा नं. १ ले गरेको थियो भने सह- आयोजक कल्याणी सेवा नेपाल सन्धिखर्क अर्घाखाँची रहेको थियो ।