सन्धिखर्कमा जिल्ला बिपद ब्यबस्थापन समिति अर्घाखाँचीकाे बैठक सम्पन्न (१५ बुँदे निर्णयहरु सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची २०७५ पाैष २५ (अर्घाखाँचीडट्कम)  ।  जिल्ला बिपद ब्यबस्थापन समिति अर्घाखाँचीकाे बैठक आज सम्पन्न भएकाे छ । 
प्रमुख जिल्ला अधिकारि प्रेमलाल लामिछानेकाे अध्यक्षतामा सम्पन्न बैठकमा हाल सम्म जिल्लाकाे बिपद स्थितिकाे बारे समीक्षा गरियकाे थियाे ।बैठकमा स्थानीय तहहरूले आबस्यकता अनुसार जिल्ला ब्यबस्थापन समिति संग समन्वय गरि बिपद पुर्ब तयारि तथा प्रतिकार्य याेजना २ महिना भित्र बनाई सक्नु पर्ने निर्णय गरियकाे छ ।
बैठकले २०७५ श्रावण देखि विपदमा परेका ५९ जना पिडितलाइ मापदण्ड अनुसार राहत प्रदानका लागि अनुमाेदन गर्ने निर्णय गरेकाे छ ।
त्यस्तै जिल्लामा भुकम्प ,बाडि पहिराे,भुक्षयका कारण जाेखिममा रहेका बस्तिहरूलाई शुरक्षित स्थानका स्थानान्तरण गर्ने ,स्थानीय तहले राष्ट्रिय पुननिर्माण प्राधिकरणकाे प्रबिधिक सहयाेग समेत लिई जाेखिममा रहेका स्थान र एकिकृत बस्ति बसाल्न सकिने संभाब्य स्थानकाे पहिचान गर्ने । माघ २ गते भुकम्प दिवस मनाउने , बिपद सामाग्री राख्नकाे लागि ठाउँ उपलब्ध गराउन प्रदेश सरकार लाई अनुराेध गर्ने निर्णय गरेकाे छ ।हिउँदमा हुने आगलागी नियन्त्रणका लागि बन डिभिजन कार्यालय मार्फत सचेतनामुलक कार्यक्रम सन्चालन गर्ने समेत निर्णय गरेकाे छ ।
बैठकमा प्रमुख आतिथ्यता प्रतिनिधि सभा सदस्य  टाेप बहादुर रायमाझी र विशिष्ट आतिथ्यता ५नं . प्रदेश सदस्य  चेतनारायण आचार्य काे रहेकाे थियाे।
बैठकमा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल , मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, प्रनाउ नबराज मल्ल , गणपति निरज भण्डारी , शसस्त्र प्रमुख गाेपाल श्रेष्ठ , अनुसन्धान प्रमुख लक्ष्मण चाैधरि , नेकपा कानेता ताेज बहादुर रायमाझि , नेपाली कांग्रेस का सभापति बिष्णु मुस्कान , राजमाे पूर्व केन्द्रीय सदस्य शेर बहादुर बि सि , जिल्ला अध्यक्ष थम्मन के सि , नयाँ शक्तिका जिल्ला संयाेजक गाेकर्ण थापा ,  शिक्षा समन्वय ईकाई प्रमुख मणिराम पराजुली , संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयाेजना प्रमुख केशवलाल शाक्य ,उद्योग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ, नेपाल रेडक्रस साेसाईटिका शम्भु पाेख्रेल स्वास्थ्य प्रमुख जगन्नाथ तिवारि , जिल्ला आयाेजना कार्यान्वयन ईकाई प्रमुख  बलराम मिश्र , बन डिभिजन कार्यालय प्रमुख अजय बिक्रम मानन्धरकाे उपस्थिति रहेकाे थियाे ।
बैठककाे सन्चालन सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले गर्नु भएको थियाे। सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा भएका निर्णयहरु देहाय बमोजिम रहेका छन् । 
निर्णयहरु :
१ – यस अर्घाखाँची जिल्लामा विपद व्यवस्थापन सम्बन्धमा हाल सम्म भए गरेको कार्य सम्बन्धमा समिक्षा भयो ।
२ – चालु आ.व. २०७५ साल श्रावण देखि हाल सम्म बाढी, पहिरो, हावाहुरी, आगलागी लगायतका विपदबाट प्रभावित ५९ जना विपद पिडितहरूलाई मापदण्ड अनुरूप वितरित राहत  रू ३५३५००।– (तीन लाख त्रिपन्न हजार पाँच सय) अनुमोदन गर्ने ।
३ – यस जिल्लाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना (DPRP)लाई २ महिना भित्र परिमार्जन गरी आगामी बैठकमा पेश गर्न देहाय  बमोजिम एक उपसमिति गठन गर्ने निर्णय गरियो :
   – संयोजक सभापति नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची
   – सदस्य प्रतिनिधि जिल्ला समन्वय समिति अर्घाखाँची
   – सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय अर्घाखाँची
४- यस जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरूले आवश्यकता अनुसार जिल्ला विपद व्यवस्थापन समितिसंग समन्वय गरी स्थानीय विपद पूर्वतयारी तथा प्रतिकार्य योजना (DPRP) तर्जुमा गर्ने  ।
५ – यस जिल्लामा भुकम्प, बाढी, पहिरो, भुक्षयका कारण जोखिममा रहेका बस्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा एकिकृत, सुरक्षित तथा योजनावद्ध वस्ति विकास गर्ने प्रयोजनको लागि सबै स्थानीय तहले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्राविधिक सहयोग समेत लिई जोखिममा रहेका स्थान र एकिकृत बस्ती बसाल्न सकिने संभाव्य स्थानको पहिचान गर्ने । सबै नगरपालिका तथा गाउँपालिकाहरूले प्रत्येक वडाहरूमा एक/एक वटा हेलीप्याड निर्माण गर्ने । उक्त कार्यमा जिल्ला स्थित सुरक्षा निकायहरूले आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलव्ध गराउने ।
६ – विपदमा खोज उद्दार लगत्तै जोखिममा रहेका विपद प्रभावितहरूलाई सुरक्षित आश्रयस्थलमा राख्न पर्ने हुदा सो प्रयोजनको लागि सबै नगरपालिका तथा गाउँपालिकाहरूले उपयुक्त संभाव्य खुल्ला स्थानहरूको पहिचान गरी त्यस्ता स्थानहरूको संरक्षण र व्यवस्थापन गर्ने ।
७ – तोकिएका विभिन्न विषयगत क्षेत्रका प्रमुख निकाय (Cluster Head) हरूले २ महिना भित्र आ-आफनो Cluster को Contingency Plan  तयार गर्ने ।
८ – विपदमा तत्काल खोज, उद्दार तथा राहत वितरण गर्न पूर्वतयारीको रूपमा आवश्यक उपकरण, औजार, खाद्य तथा गैर खाद्य सामग्री भण्डारण गर्नु पर्ने र यसरी भण्डारण गर्न यस जिल्लामा स्थानको अभाव रहेकोले खोज, उद्दार तथा राहत सामग्री भण्डारण गृह स्थापना गर्न आवश्यक बजेट व्यवस्था हुन लागत अनुमान समेत तयार गरी आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं ५ संग अनुरोध गर्ने ।
९ – विपदमा खोज तथा उद्दारको लागि अग्रपङ्तिमा खट्ने सुरक्षा निकायहरूलाई अत्यावश्यक पर्ने खोज तथा उद्दार सामग्री व्यवस्था गरिदिन अर्घाखाँची जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई अनुरोध गर्ने ।
१०- हिउदको समयमा हुन सक्ने आगलागी तथा बन डढेलो नियन्त्रण गर्न सबै नगरपालिका तथा गाउँपालिका र डिभिजन वन कार्यालय अर्घाखाँचीले स्थानीय एफएमहरू मार्फत चेतनामुलक सूचना तथा सन्देश प्रशारण गर्ने । डिभिजन वन कार्यालयले सबै वनरक्षकलाई आआफ्नो कार्यक्षेत्रमा नियमित तथा चनाखो रही खट्ने व्यवस्था मिलाउने । यस सम्बन्धमा नगरपालिका तथा गाउँपालिका, सबै सामुदायिक वनहरूसंग समन्वय तथा अनुगमन गर्ने व्यवस्था डिभिजन वन कार्यालयले मिलाउने ।
११ – रामवाण गुल्म नेपाली सेना, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीवल नेपाल (गुल्म नं ३६) ले अग्निनियन्त्रक सामग्री र QRT  तयारी अवस्थामा राख्ने ।
१२- सन्धिखर्क नगरपालिकाले वारूणयन्त्र (दमकल)को मर्मतसंभार गरी चालक सहित तयारी अवस्थामा राख्ने ।
१३- यस जिल्ला राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट भैरहेको पुननिर्माण कार्यलाई थप तिव्रता दिन सम्बन्धित सबैबाट आवश्यक सहयोग र समन्वय गर्ने ।
१४- विपद व्यवस्थापनमा संलग्न हुने सबै निकायहरूले आवश्यक समन्वयको लागि एक/ एक जना फोकल पर्सन तोकी जिल्ला विपद व्यवस्थापन समितिमा पठाउने ।
१५- यहि आगामी माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउने ।यसको लागि पूर्वतयारी गर्न सहायक प्रमुख जिल्ला अधिकारी श्री विक्रम थापाको संयोजकत्वमा राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन ईकाइ, नेपाल पत्रकार महासंघका सभापति र नेपाल रेडक्रस सोसाइटीबाट एक-एक जना प्रतिनिधि रहेको उपसमिति गठन गर्ने  

अन्य समाचारहरु