ढाकावाङ्ग स्वास्थ्य चौकी बर्थिङ सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
ढाकावाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १  ढाकावाङ्गको स्वास्थ्य चौकी बर्थिङ सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 
सेन्टरको उद्घाटन पुर्वउपप्रधानमन्त्री तथा उर्जामन्त्री, प्रतिनिधी सभाका सदस्य टोपबहादुर रायमाझीले गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य चेतनारायण आचार्य लगायतको उपस्थिती रहेको थियो । 
स्वास्थ्य व्यवस्थापन समितिका संरक्षक तथा भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाको अध्यक्षता सम्पन्न कार्यक्रमको हेल्थ पोष्ट इन्जार्ज इशा खड्काको स्वागत र स्वास्थ्य चौकी अहेव तिलकराम भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।  

अन्य समाचारहरु