प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाली सेनाको श्री रामवाण गुल्म अर्घाखाँचीको आयोजनामा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
१०, ६, ३ र २ किलोमिटरको संयुक्त सुरक्षाकर्मीको दौड प्रतियोगिता सम्पन्न भएको हो । पुलिस तर्फको ६ किमीमा रोहित अधिकारी प्रथम, दोस्रोमा सन्तोष श्रेष्ठ भएका छन् । रोहितले २२ मिनेटमा पार गरेका थिए ।
विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
दौड प्रतियोगितामा जिल्ला प्रमुख अधिकारी प्रेमलाल लामिछाने, प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्ल लगायतको उपस्थिती रहेको थियो ।