छत्रदेवमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
 छत्रदेव गाउँपालिकाको नेटाबाट भैयारतर्फ जादैँ गरेको लु १४ प ८२१० नम्बरको मोटरसाईकल ओरालोमा अनियन्त्रित भै पल्टेको थियो । दुर्घटनाबाट प्युठानको मालदेवी गाउँपालिका–२ का २३ बर्षिया भरत पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
अँस्ती बुधबार भएको दुर्घटनामा घाइते भएका पौडेललाई सोही दिन साझँ उपचारको लागि जिल्ला अस्पताल तम्घास लगीएको थियो  तर उपचारको क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई विष्णु खनालले जानकारी दिनुभयो ।

अन्य समाचारहरु