चौथो अर्घाखाँची महोत्सब सन्धिखर्कमा शुरु (भिडियो तस्बिर सहित)


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची पौष २७  ।  अर्घाखाँची उद्योग बाणीज्य संघ अर्घाखाँचीको आयोजनामा शुक्रवार देखी सदरमुकाम सन्धिखर्कमा चौथो अर्घाखाँची महोत्सब शुरु भएको छ ।
चौथो अर्घाखाँची महोत्सबको उद्घाटन गर्दे कृषी तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेबले जनताको माग र समाज रुपान्तरण अनुसार बिकास निर्माणले गति लिएको बताउदै देशको समृद्धि र बिकास निर्माणमा स्थीर सरकारले काम गरीरहेको बताएका छन ।
सरकारले ५ बर्ष भित्रमा ३ सय बर्ष सम्मको पुर्बाधार निर्माण गर्नुपर्ने भएकोले सरकारमाथी अझै प्रश्न उठाउने बेला नआएको बताउदै मन्त्री खनालले जनताका आधारभुत आबश्यकतालाई हिजो जस्तै दुःख गर्न नपर्ने बताए । युबालाई बिदेश पलायन हुनबाट रोक्न सरकाले कृषि क्षेत्रमा मास्टर प्लान गरेकोले स्वदेशमै बस्ने बाताबरणको सृजना गरीने भन्दै खनालले सरकारले बिराटनगर देखी बुटबल सम्म डिपिआर तयार पारीसकेकोले निकट भबिश्यमा नेपालमा रेल गुड्ने दाबी समेत गरे ।
कार्यक्रममा मन्तब्य राख्दै पूर्बउपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोप बहादुर रायमाझीले छोटो समयमा जिल्लाले विकास निमार्णमा फट्को मारेको भन्दै जिल्लालाई राष्ट्रमै चिनाउन आफुहरु लागि परेको बताए ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले आर्थिक विकासको लागि महोत्सवले महत्व पुर्ण भुमिका खेल्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रम उद्योग बाणीज्य संघ अर्घाखाँचीका अध्यक्ष युबराज श्रेष्ठको अध्यक्षता उपाध्यक्ष जिबलाल बन्जाडेको स्वागत मनतब्य र बरीष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको हो ।
कृषि,पर्यटन,उद्योग र ब्यापार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार भन्ने मुल नारा सहित चौथो अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला पौष २७ गते बाट सुरु भई माघ ८ गते सम्म सन्चालन हुदैछ ।

अन्य समाचारहरु