मालारानी गाउँपालिकाले जनताको सेवाका लागि घर दैलो अभियान सुरु गर्‍यो


सुर्य भुसाल

मालारानी,अर्घाखाँची(अर्घाखाँची डट्कम) मालारानि गाउँपालिका अर्घाखाँची ले जनताको सेवालाई मध्यनजर गर्दै घरदैलो अभियान लिएर जनता को माझमा पुगेर आज बाट सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य बताउनु भएको छ ।

गाउँपालिका का सबै वार्डहरुमा पुगेर योजनाहरु को उपभोक्ता हरु सग सम्झौता गर्ने बैकिङ खाताहरु खोल्ने काम वार्ड नम्बर १ बाट सुरु गरिएको अध्यक्ष आचार्यले बताउनु भयो ।सबै गाउपालिका बाट हुने सबै सेबा सुविधाहरु सनिश्चवार बाट घरदैलो अभियान सन्चालन गरिएको र जनता निकै खुसि भएको महसुस आफुहरुले गरेको प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनि ले बताउनु भयो ।

नेपाल सरकारको नीति अनुसार सिहदरबारको अधिकार गाउटोटमा पुराउने उदेश्य अनुरुप आफुहरुले घर दैलो अभियान सुरु गरेको र त्यसबाट जनताहरु निकै उत्साहित भएको प्रमुख प्रसासकिय अधिकृत मरासिनीले बताउनु भयो । गाउँपालिका ले गरेको यस्तो निर्यण ले जनताहरु लाई राहात को महसुस भएको छ ।

मालारानि ले अहिले सम्म ९५प्रतिसत योजना का कामहरु सम्झौता गरिसकेको छ ।घरदैलो अभियानमा मेगा बैकले सहयोग गरेको छ घरदैलोमा प्रमुख प्रसासकिय अधिकृत पराजुलि योजना अधिकृत नेत्र खनाल कार्यलयमा कर्मचारी हरु वार्ड अध्यक्ष लगाएतका जनप्रतिनिधि हरुको सहभागी ता रहेको थियोे ।

अन्य समाचारहरु