
पशुपति श्रेष्ठ
लुधियाना,पञ्जाव (अर्घाखाँची डट्कम) भारतका विभिन्न क्षेत्रमा रहदै आएका नेपाली र भारतीयहरु लाई नेपाल भारत यात्रामा सहज र गुणस्तरीय सेवा दिदै आएका सुपादेउराली टुर एण्ड ट्राभल्स , ओम प्रकाश टुर एण्ड ट्राभल्स ,हिमालय टुर एण्ड ट्राभल्स र डायमण्ड टुर एण्ड ट्राभल्सले नेपाली कला र सस्कृतीलाई जगेर्ना गर्ने उदेश्य सहित नयाँ वर्ष साँस्कृतिक धमाका २०१९ आयोजना गर्ने भएका छन ।
नेपाल देखि भारतका विभिन्न ठाउँमा र भारत देखि नेपालका विभिन्न ठाउँमा आवत जावतका लागि यात्रुहरुलाई सुविधा सम्पन्न २/२ फोल्डिङ सिट सुनामी रहित बसहरुमा यात्रा गराई रहेका ट्राभल्सहरुले एकै ठाउँ एउटै मञ्चमा संयुक्त साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रममा चर्चित लोकदोहोरी गायिका बिमाकुमारी दुरा चर्चित गायक तथा मोडल पुष्कल शर्मा ,टिकाराम गौतम, राजेन्द्र कँडेल, दिपक गरौजा मगर, अनुष्का शर्मा, प्रिया भण्डारी डान्सर तथा मोडल शिव क्षेत्री, लगायतका कलाकारले यहाँ रहेका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

पञ्जावको जालन्धरमा रहेको देश भगत मेमोरियल भवनको हल बिएमसी चौकमा जनवरी २७ गते आईतवार बिहान १० बजेबाट र लुधियाना स्थित भारत नगर चौकमा रहेको गुरुनानक भवनमा जनवरी २९ गते मंगलबार बिहान ११ बजे बाट कार्यक्रम सुरु हुने उक्त कार्यक्रमको थप जानकारीका लागि ९७७९०२००३९४, ७८८८५६२३२५ र ९६५३१७११४२ मा सम्पर्क गर्न सकिने छ ।



