चौथो अर्घाखाँची महोत्सब लागि प्रहरीको नागरिक सहायता कक्ष

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची  ।  अर्घाखाँची उद्योग बाणीज्य संघ अर्घाखाँचीको आयोजनामा शुक्रवार देखी सदरमुकाम सन्धिखर्कमा जारी रहेको चौथो अर्घाखाँची महोत्सब लागि नेपाल प्रहरीले नागरिक सहायता कक्ष सन्चालन गरेको छ । 
अर्घाखाँची चौथो महोत्सव हेर्न आएका नागरिकहरुको सुरक्षाका लागि भन्दै सहायता कक्ष सन्चालन गरेको हो । 
सहायता कक्षबाट प्रहरीले अर्घाखाँची चौथो महोत्सव हेर्न आएका बालबालिका हराएका वा समस्या परेका नागरिकहरु उद्दार तथा सचेतना कार्यक्रम गर्दै आएको छ ।    
उता जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालीका वडा नं.३ जयकानेटाका गोर बहादुर नेपालीका ८ वर्षिय छोरा सरोज नेपाली र धुर्व बहादुर नेपालीकी छोरी वर्ष ८ कि सावित्रा नेपाली अर्घाखाँची चौथो महोत्सव हेर्न आएकोमा हराएको हुँदा डियुटीमा खटिएको प्रहरी टोलीले फेला पारी परिवारलाई  जिम्मा लगाईएको थियो । 

अन्य समाचारहरु