खाचिकोटको डिहिडाँडाका सामाजिक अभियान्ता सिद्दि प्रसाद भट्टराई

सुर्य भुसाल 
डिहिडाँडा , अर्घाखाँची (अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाचिकोटको डिहिडाँडा निबासी सिद्दि प्रसाद भट्टराईले अझै समाजिक क्षेत्रमा काम गर्ने बताउनु भएको छ ।
खाचिकोटमा समाजिक क्षेत्रमा लागिपरेका भट्टराई अहिले सबैका प्रिय बन्दै गएका छन् । पहिला माध्यमिक तहको शिक्षाको जागिर छोडेर सामाजिक काममा लागेका भट्टराई अहिले फुलबारी रिसोर्टका मालिक छन् ।
व्यापार भन्दापनि सामाजिक क्षेत्रमा बढि ध्यान दिने भट्टराई खाचिकोट नरपानीका चल्ता फुर्ता सामाजिक अभियान्ता हुन । उनले   राजनितीसँगै जग्गा व्यापारीको काम गर्ने भट्टराई अहिले करोडौंका मालिक समेत हुन ।
दुखि गरिबको सेबा गर्न रुचाउने भट्टराई दर्जनौं संघ सस्थामा नेतृत्व गरेका छन् । फुलबारी रिसोर्ट अर्घाखाँचीको सबै भन्दा नामुद रिसोर्ट हो ।  अर्घाखाँची जिल्ला बाहेक छिमेकी जिल्लाहरुबाट समेत ग्राहकहरु आउने गर्छन ।  उक्त रिसोर्टमा दैनिक ४०-५० हजारको व्यापार हुने गरेको छ ।
यस्तै भट्टराईले अहिले १५ जनालाई रोजगारी समेत दिदै आएका छन् । सामाजिक क्षेत्रबाट अब उनी राजनीतिमा पनि सक्रिय हुने सकेत गरेका छन् । 

अन्य समाचारहरु