नरपानीमा अर्घाखाँची र गुल्मीको संयुक्त सुरक्षा समितिको बैठक सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँची जिल्लाको नरपानीमा अर्घाखाँची र गुल्मी जिल्लाको संयुक्त सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।  
अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकार प्रेमलाल लामिछाने तथा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको उपस्थितीमा दुवै जिल्लाको अन्तर जिल्ला सुरक्षा समितिको समसायिक विषयमा विषयमा केन्द्रित रही अर्घाखाँची जिल्ला स्थित नरपानी रिसोर्टमा बैठक सम्पन्न भएको हो ।
उक्त बैठकमा सिमाना जोडिएका छिमेकी जिल्ला अर्घाखाँची र गुल्मी बिच आपसमा सहयोग, समन्वय र सहकार्य गर्न सकिने शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवाप्रवाह, विवाद समाधान, सवारी दुर्घटना न्यूनिकरण लगायतका ७ बुदे निर्णय सहित विविध विषयमा छलफल भएको थियो ।  

अन्य समाचारहरु