सिद्धारामा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका-८ सिद्धारामा निरीक्षण, अनुगमन तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने, प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले शितागंगा नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय सिद्धारामा निरीक्षण, अनुगमन गर्नुका साथै वडा अध्यक्षहरु, वडा सदस्यहरु तथा स्थानिय राजनैतिक दल, विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरु, नागरिक समाज, बुद्धिजिवी, महिला र विभिन्न क्लवका सरोकारवालाहरुसँग सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेका थिए । 
अन्तरक्रिया कार्यक्रममा शान्ति सुरक्षा , समुदाय- प्रहरी साझेदारी , महिला हिंसा, लागु औषध दुर्व्यसनी, मादक पदार्थ सेवन र कारवाही सम्बन्धका बारेमा जानकारी गराइएको थियो । 

अन्य समाचारहरु