मालारानी गाउँपालिकाको घरदैलो अभियान बार्ड नम्बर २ मा सम्पन्न

सुर्य भुसाल 
मालारानी । मालारानी गाउँपालिका अर्घाखाँचीले जनताको सेवालाई मध्यनजर गर्दै घरदैलो अभियान लिएर जनताको माझमा पुगेर सनिश्चवारबाट सेवा दिन सुरु गरेको गाउँपालिकाले आईतबार बार्ड नम्बर २ मा घरदैलो अभियान सन्चालन गरि जनताको कामहरु वार्डबाट सम्पन्न गरेको गापा  अध्यक्ष बालकृष्ण आचार्यले  जानकारी दिनु भयो ।
गाउँपालिका का सबै वार्डहरुमा पुगेर योजनाहरुको उपभोक्ताहरुसँग सम्झौता गर्ने बैकिङ खाताहरु खोल्नेसामाजिक सुरक्षा भत्ता बितरण गर्ने   काम वार्ड नम्बर २  मा समेत सम्पन्न गरिएको अध्यक्ष आचर्यले बताउनु भयो  ।
सबै गाउँपालिकाबाट हुने सबै सेबा सुविधाहरु  सनिश्चवार वार्ड नम्बर १   बाट सुरु भएको घरदैलो   अभियान आईतबार   २ नम्बर वार्डमा गरिएको र जनता निकै खुसि भएको महसुस आफुहरुले गरेको प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनिले बताउनु भयो ।
नेपाल सरकारको नीति अनुसार सिहदरबारको अधिकार गाउटोटमा पुराउने उदेश्य अनुरुप अाफुहरुले घर दैलो अभियान सुरु गरेको  र त्यसबाट जनताहरु निकै उत्साहित भएको प्रमुख प्रसासकिय अधिकृत मरासिनीले बताउनु भयो । गाउपालिका ले गरेको यस्तो निर्यण ले  जनताहरु लाई  राहात को महसुस भएको उहाको दाबि छ ।
मालारानि ले अहिले सम्म ९५प्रतिसत योजना का कामहरु सम्झौता गरिसकेको छ ।घरदैलो अभियानमा मेगा बैकले सहयोग गरेको छ घरदैलोमा प्रमुख प्रसासकिय अधिकृत मरासिनि काबा वार्ड अध्यक्ष लिल बहादुर पान्डे   योजना अधिकृत नेत्र खनाल ठाकुर खनाल  कार्यलयमा कर्मचारी हरु वार्ड सदस्य  लगाएतका जनप्रतिनिधि हरुको सहभागी ता रहेको थियोे ।
उक्त बार्डका अध्यक्ष बिन‍द भुसाल केही समय अगाडि बाट सम्पर्क बिहिन भएको र अहिले उनको खोजि कार्य भैईरहेको छ ।

अन्य समाचारहरु