सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडामा जन्मनु भएका हाल सन्धिखर्क वार्ड नम्बर १ मा बसोबास गर्दै आउनु भएका बसन्त भुसाल अहिले युवा ब्यबसायीको रुपमा परिचित हुनु भएको छ ।
सानै उमेरदेखि निकै मिहिनेती अनुसासित सालिन भद्द स्वभावका वसन्त भुसाल अहिले देश बिदेसमा हुने बिकास निर्माणको अबलोकन गर्ने अर्घाखाँचीको पहिलो युवा ब्यबसायी हो ।
उहाँ युरोपका धेरै देशहरु, गल्फमा दुवै मलेसिया कतार चीन, भारत लगाएतका झन्डै २ दर्जन भन्दा बढि देशहरुको भ्रमण गरि त्यहाँ भएका बिकास निर्माण र त्यहाँको अबस्थाका बारेमा जानकारी लिनु भएका युवा ब्यबसायी भुसाल निकै सामाजिक सरल सहयोगी मनका धनिको रुपमा परिचित हुनु भएको छ ।
सन्धिखर्कको मेन चोकमा रहेको भुसाल आयल सेन्टर तथा रुपन्देहीको बासगढिमा रहेको भुसाल पेट्रोल पमको प्रोपाईटर समेत रहनु भएका सामाजिक अभियान्ता वसन्त भुसाल अर्घाखाँची नभई अहिले ५ नम्बर प्रदेका चर्चित काम गर्न सक्ने क्षमतावहान निर्माण ब्यबसायीको रुपमा चर्चित समेत छन ।
बसन्त भुसालले गरेको काम भरपर्दाे गुणस्तरीय बलियो राम्रो हुने भएका कारणपनि अहिले सम्म वसन्त सफल व्यापारीको रुपमा परिचित भएको एक प्राबिधिकले बताउछन ।
भुसालले अहिले पनि धेरै बाटाहरुको काम बिल्डिङहरु निर्माणको जिम्मेवारी लिएका छन । युवा ब्यबसायी भुसाल भन्नुहुन्छ अब मागेर होइन पौरख गरेर खाने दिन आएका छन त्यसैले सबैले काम गर्ने कुराभन्दा धेरै काम गर्नु पर्ने युवा ब्यबसायी भुसालको भनाई छ ।
हेबी ईक्विपमेन्ट व्यवसायी समितिको केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका युवा ब्यबसायी भुसाल अहिले ५ नम्बर प्रदेसको हेबी ईक्विपमेन्ट व्यवसायी अध्यक्ष समेत हुनुन्छ ।
नेपालका करिब झन्डै ७७ जिल्लाको भ्रमण गरि सक्नु भएको छ । उहाबाट युवाहरुले पाठ सिक्नु पर्ने यहाँका स्थानिय अगुवा जेष्ठ नागरिकहरुको भनाइ छ ।