सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ तथा साबिक ढिकुरा गाबिस वार्ड नम्बर ३ निबासी स्वर्गिय भक्तिराम घिमिरेका कान्छा सुपुत्र उमेश घिमिरे अहिले राजनिती सँग-सँगै व्यापार तथा समाजसेवामा ब्यस्त छन् ।
काठमाडौ बसेर म्यानेजमेन्ट बिषयमा मास्टर्स गरेका घिमिरे बुवाको आकस्मिक निधनपछि जिल्लामा आई वुवाले गर्दै आएको पेसा समाल्न बाध्य भएका थिए । उनका वुवा भक्तिराम घिमिरे साबिक ढिकुरा गाबिसबाट ३ पटक गाबीस अध्यक्ष, क्षेत्रीय सदस्य हुँदै नेपाली काङ्ग्रेसका विभिन्न जिल्ला स्तरिय जिम्मेवार पदमा बसी काङ्ग्रेस अर्घाखाँचीको उपसभापति समेत बन्नु भएको थियोे ।
भक्तिराम घिमिरेले देखाएको बाटो उनका दुवै पुत्रले आत्म साथ गर्दै आएका छन् । उमेशका दाइ बिनोद घिमिरे युरोपको पोर्चुगलमा ब्यापार ब्यबसाय गर्नुको सँगसँगै नेपाली जनसम्पर्क समिति पोर्चुगलको निर्बाचित अध्यक्ष बनेका छन् भने कान्छा भाई उमेश नेपाली कांग्रेस भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ को पार्टी सभापति, लोकतान्त्रिक खेलकुद संघको जिल्ला अध्यक्ष, नेपाल नेत्रज्योति संघ अर्घाखाँचीको सचिब, जिल्ला अस्पताल बिकास समिति अर्घाखाँचीको अध्यक्ष, रोटरी क्लबको सदस्य, नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ अर्घाखाँचीको बरिष्ठ उपाध्यक्ष, नेपाल पत्रकार महासंघको साधारण सदस्य लगायतका दर्जनौं सामाजिक संघ संस्थाहरुमा जिम्मेवारी लिई कुसलता पुर्वक काम गरिरहेका छन् ।
घिमिरे सानै देखि लगनसिल अनुसासित कर्तव्य निष्ठ ईमानदारको सुचिमा पर्दछन् । अर्घाखाँची जिल्लाको ढिकुरामा उनलाई नसोधि काम नगर्ने धेरै छन् । वुवाले जनताका पक्षमा गरेको कामलाई निरन्तरता दिन आफु राजनीतिक तथा सामाजिक क्षेत्रमा लागेको र आफु यस क्षेत्रमा निरन्तर लागि राख्ने र जनताको पक्षमा जहिले पनि काम गर्ने आफ्नो अठोट रहेको उमेश बताउछन् ।
उमेश जिल्लाको सबैभन्दा ठुलो र पुरानो स्टेसनरी पसल उमेश छापाखानाका पोप्राईटर हुन । भने उनी निर्माण ब्यबसायी, यातायात ब्यबसायी समेत हुन । वुवाको सपनालाई साकार पार्नु आफ्नो दायित्वबाट कहिलै नपन्छिने उनको भनाइ छ ।