प्रेमनाराण आचार्य
पुस ३० अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा लागेको चौथो अर्घाखाँची मेलामा विक्री वितरण गरिएका खाद्य तथा अन्य बस्तुहरु खान तथा प्रयोग गर्न छ छैन भनेर जिल्ला स्तरीय अनुगमन समितिले अनुगमन गरेको छ ।
मेलामा राखिएका स्टलहरुमा राखिएका खाद्य पदार्थहरु खान योग्य छन छैनन, उत्पादन मिति, अन्तिम उपभोग मिति लेखिएको छ छैन र दर्ता भएका पशलहरु स्टलमा छन छैनन भनेर जिल्ला स्तरीय अनुगमन टोलीले खनुगमन गरेको हो ।
अनुगमनको क्रममा उपभोग योग्य मिति नलेखिएको, मुल्य सुची नभएको, लेभलिंग नदेखिएको पशलहरुलाइ तत्काल मुल्य सुची राख्न दुइ दिनको समय दिइएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताउनु भयो ।