अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धारामा रहेकाे बराहक्षेत्रमा पाँचौ बराहदह माघी एबं साँस्कृतिक महोत्सव सम्पन्न भएको छ ।
महाेत्सवको पुर्ब उपप्रधानमन्त्री तथा संघिय सांसद टोप बहादुर रायमाझीले एक समारोहको बिच उदघाटन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, प्रदेश सभा सदस्य चेतनारायण आचार्य, शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी, जिसस उपप्रमुख ऋषि पुलामी, प्रजिअ प्रेम लामिछाने, डिएसपी नमराज मल्ल, वडा अध्यक्ष कमल पाैडेल लगायतको उपस्थित रहेको थियो ।
सयौँ बर्ष पहिले देखि एक गौरवमय धार्मिक इतिहास बाकेको बराहादह प्राकृतिक सम्पदाको प्रमुख स्थल पनि रहेको छ । धार्मिक तथा पर्यटकीय स्थल बराहदहको प्रचारप्रसारका लागि विगतका केही वर्षहरु देखि मेला आयोजना गर्दै आइरहेको शितगंगा–९ का वार्ड अध्यक्ष भिम केसीले बताए ।
धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् ।
माघे सक्रान्तिका दिन बिहानै देखि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । उक्त दहमा स्नान गर्दा पाप नष्ट हुने विश्वास गरिने धार्मिक मान्यता रहीआएको छ । अर्घाखाँची जिल्लामा गोही पाइने एक मात्र क्षेत्र भएपनि यो क्षेत्र व्यापक प्रचार प्रसार नहुदा ओझेलमा परेको छ ।
अर्घाखाँचीको दक्षिण–पश्चिम भागमा रहेको वराहदह शितगंगा नगरपालिका वार्ड नं. ९ मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित छ । यस दहमा आई बराहा भगवानसगँ बर मागेमा सोंचेको पुग्ने स्थानीय बासीन्दाहरुले बताउँछन् ।
मेलामा स्थानीय कला संस्कृतिको प्रदर्शनका साथै राष्ट्रिय स्तरका कलाकारहरु कमल गाउँले, सन्दिप न्यौपाने, विक्रम राना लगाएतबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।