अबको दुई वर्षभित्र सम्पूर्ण पुनःनिर्माणको काम सम्पन्न: प्रधानमन्त्री

news
२१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ललितपुरको मंगलबजारस्थित ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको र पुनःनिर्माणको काम जारी रहेका सम्पदाहरुको प्रधानमन्त्री ओलीले जानकारी लिएका हुन् ।
त्यसलगत्तै भूकम्प सुरक्षा दिवस मूल समाहरोह समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै उनले अबको दुई वर्षभित्र सम्पूर्ण पुनःनिर्माणको काम सम्पन्न गर्ने बताए । इमेजखबरमा समाचार छ ।