अर्घाखाँचीका शमशेर मियाँ हज कमिटीको अध्यक्षमा नियुक्त

प्रदिप पौडेल 
सन्धिखर्क ।   गृहमन्त्रालयले हज कमिटीको अध्यक्षमा अर्घाखाँचीका शमशेर मियाँलाई नियुक्त गरेका छ । गृहमन्त्री स्तरीय निर्णयबाट उहालाई अध्यक्षमा नियुक्त गरिएको हो ।
मुस्लिम आयोगका पूर्व सदस्य सचिब र उहां एक सफल व्यपारी हुनुहुन्छ । जस्तै की प्राय जसो मुस्लिम लीडरहरुको नाम भ्रष्टाचारीको श्रेणीमा पर्दछ भने शम्सेर मिया जीको रेकर्डमा अहिले सम्म भ्रष्टाचारको कुनै आरोप लागेको छैन् । मिडियामा आएको खबर अनुसार पूर्व हज समितिका अध्यक्षहरु माथि पटक पटक भ्रष्टाचारको आरोप लागेको छ 
तथापि यसपालि नेकपा सरकारले गरेको निर्णय स्वागत योग्य छ । शम्सेर मिया एक त युवा नेता हुन् । उहां माथि अहिले सम्म कुनै किसिमको भ्रष्टाचारको आरोप लागेको छैन् । सायद यही कारणले हुन सक्छ नेकपाको नजरमा मुस्लिम नेताहरु मध्ये शमसेर मिया जी को छवि स्वच्छ र बेदाग देखियो र हज समितिको अध्यक्षमा उप्युक्त ठानेर उनलाई चयन गरेकोछ ।
विगतमा हजयात्रामा गएका हाजीहरुले पाउने सुविधा राम्रो थिएन् भने भ्रष्टाचार पनि धेरै भयो । जसको बारे शोशल मिडिया मार्फत धेरै मुस्लिम युवाहरु चर्चा र विरोध गरेका थिए ।
अब हज समिति भ्रष्टाचार मुक्त होला र हजयात्रीहरुले आशा गरे अनुसार विगत भन्दा उत्तम सुविधा पाउनेछन् भनी मुस्लिम समुदायमा खुशीको लहर छ आशाको किरण जागेको छ । मियाँ छत्रदेब गाउँपालिका २ बल्कोट  अर्घाखाँचीका हुन् ।

अन्य समाचारहरु