अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी, अर्घाखाँची माघ–०३ । अर्घाखाँचीको पाणिनी २ र ४ वडाका कृषकहरुको सहभागितामा ग्रामिण नमुना कृषी सञ्जालको गठन गरिएको छ ।
लुम्बिनी सामाजिक विकास केन्द्रले सहजीकरण गरेको सुआहारा कार्यक्रम अन्र्तगत छनोट भएका ग्रामिण नमुना कृषकहरुको भेलाले परसुराम गैरैको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितीको चयन गरेको हो । जसको उपाध्यक्षमा सुमित्रा घिमिरे, सचिवमा दुर्गा घिमिरे र कोषाध्यक्षमा हुम बहादुर जि.सी.चयन हुनुभएको छ ।
तरकारी संकलन केन्द्र दुर्गाफाटका अध्यक्ष राम प्रसाद भट्टराईको अध्यक्षता,सुआहाराका घरायसी खाद्यान्न उत्पादन अधिकृत आन्नद तिवारीको सहजीकरण र कार्यक्रम व्यवस्थापक हरि प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पाणिनी २ का वडा अध्यक्ष नेत्र प्रसाद भट्टराई र ४ का अध्यक्ष थानेश्वर घिमिरेले सुआहारा कार्यक्रमले गरेको कार्यमा सघाउँने प्रतिवद्धता व्यक्त गर्नुभएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभको छ ।