अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । अन्तराष्ट्रिय अर्घाखाँची समाजका अध्यक्ष गिरीराज खनालको पहलमा संकलित भएको रकम एक कार्यक्रमको आयोजना गरि मृगौला खराव भई उपचार गराईरहनु भएका गोविन्द परियारलाई हस्ताण्तरण गरिएको छ ।
सन्धिखर्क नगरपालिका वडा नंम्बर १ रतहले निवासि गोविन्द परियारलाई नगद ४५ हजार १ सय ९१ रुपैयाँ हस्ताण्तरण गरिएको हो । उहाँ शरिरका दुई वटै मृगौला खराव भई अहिले उपचार गराईरहनु भएको छ ।
संकलित भएको उक्त रकम नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष हिम लेकाली र गिरिराज खनालले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा उपचारका लागि रकम सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यबाद तथा आभार प्रकट समेत गरिएको थियो ।