ठाडामा मेसिनद्धारा दुना टपरी बनाउने तालिम सुरु

प्रेमनारायण आचार्य 
माघ ०४, ठाडा, अर्घाखाँची ।  भौगोलिक दृष्टीकोणले नेपालकै सबैभन्दा ठुलो शितगंगा नगरपालिकाको ठाडामा मेसिनद्धारा दुना टपरी बनाउने तालिम सुरु भएको छ । 
दुनाटपरीबाट महिलाहरुलाइ आत्मनिर्भर बनाउन तथा रोजगारी सृजना गन र प्लाष्टीकमुक्त क्षेत्र बनाइ वातावरण प्रदुषण कम गर्न तालिमको आयोजना गरिएको शितगंगा नगर पालिकाका नगर प्रमुख सुर्य अधिकारीले बताए । 
सफल महिला उद्यमी रुक्मीण पराजुलीले सहजीकरण गर्नु भएको दुना टपरी बनाउने तालिम १२ दिन सम्म सञ्चालन हुनेछ । तालिममा शितगंगा नगरपालिका वाड नम्वर ३ मा रहेका स्वावलम्वन महिला कृषक समुहका दिदिबहिनीहरुको सहभागिता रहेको छ । 

अन्य समाचारहरु