अर्घाखाँचीमा पहिलो पटक छत्रदेव गाउँपालिकाको माेवाइल एप्स सार्वजनिक

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । 
गाउँपालिकाले एक कार्यक्रमका साथ आजबाट एप्स सञ्चालनमा ल्याएको हो । जिल्लाका ३ नगरपालिका र ३ वटा गाउँपालिका मध्ये मोवाइल एप्स सञ्चालनमा ल्याउने  छत्रदेव गाउँपालिका पहिलो भएको छ । 
 गाउँपालिका मार्फत सञ्चालन गरिदै आएका हरेक सेवा सुविधाहरुलाई सरल सुर्लभ र सर्वसाधारणको लागि सजिलै सुचना जानकारी प्रदानका लागि मोवाईल एप्स सञ्चालनमा ल्याएको छत्रदेव गाउँपालिकाले अर्घाखाँचीडट्कमलाई जानकारी दियो । 
सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सुचना तथा जानकाररी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवाहरु लगायत गाउँपालिकाको गतिविधिहरु सजिलै मोवाईल मार्फत हेर्न सकिनेछ । 
त्यस्तै गाउँपालिकाबाट पारीत भएका सम्पूर्ण ऐन कानुन, कर्मचारी विवरण, जनप्रतिनिधी विवरण, गाउँपालिकाका महत्वपूर्ण पर्यटकिय स्थल, आपातकालीन नम्बर, गाउँपालिका तथा वार्ड कार्यालयबाट प्रदान गरिने सेवा र सो सम्बोधित सम्पूर्ण बिबरण पनि एप्स मार्फत हेर्न सकिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको गतिविधिहरु जनकारी लिनका लागि आफ्नो मोवाईलमा रहेको {Play Store) मा गई { -(ChatraDev Rural Municipality) टाईप गरी गाडनलोड गरेर गाउँपालिकाको हरेक सुचना गतिविधिहरु मोवाइल मार्फत नै जानकारी लिन सकिने बताइएको छ ।
गाउँपालिकामा मोवाईल एप्स सञ्चालनमा आएसंगै जुनसुकै ठाउँमा बसेर पनि गाउँपालिकाले गरेका कामको विषयमा हेर्न पाउने भएपछि गाउँपालिकाका सबै वार्डका स्थानीयहरु खुशी भएका छन् । @अर्घाखाँचीडट्कम

अन्य समाचारहरु