सन्धिखर्कमा लुहेस्को लिमिटेड अर्घाखाँचीको स्वास्थ्य शिक्षा सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची माघ ५ (अर्घाखाँचीडट्कम) । लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड लुहेस्को अर्घाखाँचीको आयोजनामा स्वास्थ्य शिक्षा सम्बन्धि एक दिने सचेतना कार्यक्रम साथि होटल सन्धिखर्कमा सनिबार सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला स्वास्थ्य प्रमुख डाक्टर जगन्नाथ तिवारीले नसर्ने रोगहरूको प्रकोप बढ्दै गईरहेको बताउदै काठमाडौ देखि बिज्ञ डाक्टरहरूको उपस्थिति गराइ स्वास्थ्य सचेतना कार्यक्रम सन्चालन गरेकोमा लुहेस्को लिमिटेड लाई धन्यवाद ब्यक्त गर्नु भयो ।
कार्यक्रमका बिषयमा संस्थाका पुर्ब अध्यक्ष तिलक मिश्रले प्रकाश पार्नु भएको थियो , भने नेपाल फर्मास्युटिकल्स ल्याब्रोटोरी प्रा.ली काठमाण्डौको सहयोगमा सन्चालित उक्त कार्यक्रमको सहजिकरण डा.संगम शाक्य र डा.सन्तोष खरेलले गर्नु भएको थियो । प्रशिक्षणमा मधुमेह र प्रेसर रोगको बारेमा प्रकाश पारिएको हो ।संस्थाकि सचिब संगिता बेल्बासेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा सन्धिखर्क नगरक्षेत्रका महिला तथा पुरूषहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

अन्य समाचारहरु