शितगंगाको देउरालीका आगलागी पीडितले सहयोग नपाएको गुनासो

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ४ देउरालीका आगलागी पीडितले सहयोग नपाएको गुनासो गरेका छन् ।
शितगंगा नगरपालिका वार्ड नम्बर ४ देउरालीका चन्द्रबहादुर विकको परिवारले नगरपालिका तथा वार्ड लगायत कुनैपनि निकायबाट सहयोग नपाएको गुनासो गरेका हुन् ।
विकको घरमा गत शुक्रबार आगलागी भएको थियो । आगलागीबाट लाखौं रुपैया बराबरको  धनमाल जलेर नष्ट भएको थियो । उक्त दिन सडकमा काम गरिरहेका ठेकेदार, कामदार, ट्यान्कर र स्थानीयबासीहरुको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
विकले सहयोग गर्छौ भनेर भनेता पनि अहिलेसम्म कही कतैबाट सहयोग नपाउदा बताए ।

अन्य समाचारहरु