बसन्त श्रेष्ठ ‘छापेली’
खनदह, अर्घाखाँची ६ माघ २०७५ । अर्घाखाँची जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा मालारानीका विभिन्न ठाउँमा बजार अनुगमन सम्पन्न भएको छ ।
हेलो सरकारमा परेको उजुरीको आधारमा मालारानीको खन, खनदह, चौरी लगायतका ठाउँमा बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा भेटिएका अबैध तथा म्याद नागेका उपभोग्य वस्तु जफत गरिएको हो । जसमा म्याद नागेका, लेवलिङ्ग नगरिएका ५० हजार बरावरको सामान जफत गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु वेल्वासेले बताउनुभयो । उहाँका अनुसार अबैध रुपमा इजाजत नै नलिइ सुर्ति तथा मधिरा जन्य पदार्थ खुलेयाम बिक्री वितरण गरिएको पाइएकोले तारेखमा हाजिर हुन निर्देशन दिइएको छ । अधिकासं व्यापारीले आन्तरिक राजस्व कार्यलयमा आबद्धता भएको भएपनि सबै किसिमको व्यापारको अनुमति नलिएको भेटिएको हो । वेल्बासेले जिल्लाका अन्य स्थानमा समेत बजार अनुगमनलाई तिब्रता दिइने जानकारी दिनुभयो ।
अनुगमन टोलिमा निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु वेल्वासे, कोलेनिकाका गिरीप्रसाद पौडेल, प्रहरी नायव निरीक्षक ताराबहादुर छहरी, जिल्ला प्रशासनका नासु राजन पाण्डे, पत्रकार महासंघका जिल्ला सदस्य वसन्त श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
चाँड वाडमा मात्रै बजार अनुगमन हुँने हुदा उपभोक्ता मारमा पर्ने गुनासो आउने गरेको वेला यतिवेला गरिएको बजार अनुगमनले उपभोक्ता ठगिनबाट जोगिने सरोकारवालाको भनाई छ । प्रशासनले जिल्लामा नागरिक समाजसँग सहकार्य गरी बजार अनुगमन गर्न थालेको हो ।