कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृति सेवा शुरु

news
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आजबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृति सेवा शुरु भएको छ ।
प्रदेशको राजधानी सुर्खेतस्थित श्रम तथा रोजगार कार्यालयमा आयाजित कार्यक्रममा  सामाजिक विकास मन्त्री दलबहादुर रावलले साउदी अरव जान लागेका ललितकुमार घर्तीलाई पुनः श्रम स्वीकृति दिएर सेवाको शुभारम्भ गरे ।
श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पूनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुको सजिलो लागि प्रदेशहरुबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि प्रदेश नं २ को जनकपुर र प्रदेश नं ५ को बुटवल र गण्डकी प्रदेशको पोखराबाट श्रम स्वीकृति सेवा प्रवाह शुरु भैसकेको छ ।
प्रदेशबाटै श्रम स्वीकृति लिन पाउने व्यवस्था भएपछि काठमाडौं धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।
बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति सेवा दिने तयारी अन्तिम भइरहेको श्रम मन्त्रालयले जनाएको छ । इमेजखबरमा समाचार छ ।