सुर्य भुसाल
गोखुङा । मालारानी गाउँपालिका अर्घाखाँचीले जनताको सेवालाई मध्यनजर गर्दै घरदैलो अभियान लिएर जनताको माझमा पुगेर सेवा दिएको गाउपालिका अध्यक्ष बालकृष्ण आचार्य बताउनु भयो ।
गाउपालिका का सबै वार्डहरुमा पुगेर योजनाहरु को उपभोक्ता हरु सग सम्झौता गर्ने बैकिङ खाताहरु खोल्ने काम मालारानि को साबिक गोखुङगामा सम्पन्न गरिएको मालारानि गाउपालिका का उपाध्यक्ष प्रमिला क्षेत्री ले बताउनु भयो ।
सबै गाउपालिका बाट हुने सबै सेबा सुविधाहरु गाउँ टोलमा पुगेर घरदैलो अभियान सन्चालन गरिएको र जनता निकै खुसि भएको महसुस अाफुहरुले गरेको प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनि ले बताउनु भयो ।नेपाल सरकारको नीति अनुसार सिहदरबारको अधिकार गाउटोटमा पुराउने उदेश्य अनुरुप अाफुहरुले घर दैलो अभियान सुरु गरेको र त्यसबाट जनताहरु निकै उत्साहित भएको प्रमुख प्रसासकिय अधिकृत मरासिनीले बताउनु भयो ।गाउपालिका ले गरेको यस्तो निर्यण ले जनताहरु लाई राहात को महसुस भएको छ ।
मालारानि ले अहिले सम्म ९५प्रतिसत योजना का कामहरु सम्झौता गरिसकेको छ ।घरदैलो अभियानमा मेगा बैकले सहयोग गरेको समेत प्रमुख प्रसासकिय अधिकृत मरासिनीले बताउनु भयो ।
घरदैलोमा उपाध्यक्ष प्रमिला क्षेत्री प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनि योजना अधिकृत नेत्र खनाल कार्यलयमा कर्मचारी हरु वार्ड अध्यक्ष लगाएतका लगाएतका जनप्रतिनिधि हरुको सहभागी ता रहेको थियोे ।