श्याम घिमिरे
सन्धिखर्क, ८ माघ अर्घाखाँची – कृषि,पर्यटन,उद्योग र ब्यापार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार भन्ने मुल नारा सहित गत पौष २७ गतेबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जारी चौथो अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला मंगलबारबाट समापन भएको छ ।
अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठको अध्यक्षता,बरीष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालको स्वागत मनतब्य र महासचिब प्रदिप मिश्रको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै ५ नम्बर प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले जनताको माग र समाज रुपान्तरण अनुसार बिकास निर्माणले गति लिएको बताउदै देशको समृद्धि र बिकास निर्माणमा सबै एकजुट हुनपर्नेमा जोड दिनुभयो ।
छोटो समयमा जिल्लाले विकास निमार्णमा फट्को मारेको भन्दै जिल्लालाई राष्ट्रमै चिनाउन आफुहरु लागि परेको भन्दै घिमिरेले आर्थिक विकासको लागि महोत्सवले महत्वपुर्ण भुमिका निर्बाह गरेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका उपप्रमुख रिषी पुलामी, नेपाल उद्योग बाणीज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु बेल्बासे, सन्धिखर्क नगरपालीकाका प्रशासकिय अधिकृत गोबिन्द केसी,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य राख्दै महोत्सवले जिल्लाको समग्र विकास र आर्थिक एवं सामाजिक उत्थानमा टेबा पुगेको बताउनु भएको हो ।
महोत्सवको आम्दानीबाट जिल्ला अस्पताल अर्घाखाँचीमा चार बेड क्षमता भएको सुविधा सम्पन्न एक कोठे भवन निर्माण गर्ने योजना यस अघिनै आयोजकले सार्बजनिक गरेको थियो । यसैबिच १२ दिनको अबधिमा करीब १० करोड रुपैयाको कारोबार भएको आयोजकले दाबी गरेको छ । साथै चौथो अर्घाखाँची महोत्सवमा तीन लाख दर्शक अवलोकन गरेका छन् ।