ढाकावाङ्गमा मसाल निकट युवक संघको युवा अभियान कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
८ माघ,सन्धिखर्क  । मसाल निकट अखिल नेपाल युवक संघ केन्द्रिय समितिले आयोजना गरेको जागौं युवा, लागौं युवा अभियान अर्घाखाँचीमा पनि सुरु भएको छ ।
भुमिकास्थान–१ ढाकावाङ्गमा अभियानको उद्घाटन गर्दै युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले नेपालमा भ्रष्टाचारी रहे सम्म युवाहरुको विदेश पलायन नरोकिने बताउनु भएको छ । 
नेपालको निम्ती संघिय व्यवस्था घातक रहेको दावी गर्दै यसलाई खारेज गरि स्थानिय निकायलाई अझ शक्तिशाली र अधिकार सम्पन्न बनाउन युवाहरु जाग्नुपर्ने उहांको भनाई छ ।कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता मेघराज खनाल,भोजराज खनाल,युवक संघका केन्द्रिय सदस्य कुलराज खनाल,कृष्ण खनाल,भुमिकास्थान नगर अध्यक्ष राजु सुनार,अनेम संघकि नेत्री खुमा बेल्वास,ेअखिल नेपाल शिक्षक संघका नेता राम प्रसाद खनाल लगायतले मन्तव्य राख्दै मुलुकको अभिसाप संघियतालाई खारेज गरि स्थानिय निकायलाई अझ शक्तिशाली र अधिकार सम्पन्न बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रकाश खनालको अध्यक्षता,राजु गमालको स्वागत मन्तव्य र माधव खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रकाश खनालको अध्यक्षतामा १५ सदस्यिय अखिल नेपाल युवक संघ भुमिकास्थान–१को वडा समितिको समेत गठन गरिएको छ ।
नव गठित युवक संघको उपाध्यक्षमा राजु गमाल,सचिव माधव खनाल,सह–सचिव दिपक नेपाली र कोषाध्यक्षमा राधिका वेल्वासे रहनु भएको त्यहांबाट माधव खनालले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु