मालारानी गाउँपालीकामा फर्जी हस्ताक्षण गदै लाखौ रुपैयाँ हिनामिना

गणेश खनाल
मालारानी, अर्घाखाँची ८ माघ  । विवादस्पद निर्णय गदै विवाद आउने गरेको अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका यसपटक फेरी किर्ते गरि रकम झवाम पारेर चर्चामा आएको छ  । पुस ३० देखी माघ ६ गते सम्म अग्रेजी माध्यमको सिकाई प्रवद्र्धनात्मक नामक तालिम सञ्चालन भएको थियो । दैनिक रूपैैमा ५ सय रूपैयाँ पाउँने गरि ! हत्ताको भरपाई सबै शिक्षकलाई गराईएको छ ।
मालारानी गाउँपालीका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रराज मरासिनीले २० लाखँ खर्च भएको स्वार्कार गरे । उनले सहभागी सबै शिक्षकले सरकारी नियम अनुसार भक्ता बुझेको पहिलो टेलिफोन कुराकानीमा भने, ३ सय भन्दाँ शिक्षक बढी सहभागिता रहेको उनले बताए ।
प्रशिक्षक ३१ जना रहेको आधारभुत विद्यालयका सबै शिक्षक सहभागी भएको उनले दावी गरे । कुनै शिक्षकले पैसा पाएका छैनौ भन्छन् नी यो त अनिमियता भएन र भनि पटक पटक संवाददाताले सोधेपछि उनले ५ लाखँ मात्र रकम गाउँ सभाबाट विनियोजन भएको सो रकम खर्च भएको अर्को गाउँसभाबाट थप रकम उपलव्ध गराई भक्ता उपलव्ध गराउने जिकिर गरे ।
मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्यले तालीम सम्पन्न भएको बताए । सवाददाताले तालीममा सहभागीहरूलाई भक्ता बुझाएको सहि छाप गराएर पैसा बुझाउनुु भएन्छ भनी सोध्दा यो बारे आफ’लाई केहि जानाकारी नभएको बुटवलमा रहेको विनि रमेशलाई सबै क’रा थाहा भएको भन्दै पन्छिए ।
तालिममा सहभागी एक शिक्षकले नाम नछाप्ने सर्तमा रकम बुझेको भरपाईमा हस्ताक्षर गराईएको तर रकम भने नदिएको बताए  । मालारानी गाउँपालीका वाड नम्वर ५ का पुराना शिक्षक नाम नछाप्ने सर्तमा भने मेरो जागिर जिवनमा हस्ताक्षर गरेर पैसा नबुझेको पहिलो पटक हो उनले भने ।
अर्का अनुभवि शिक्षक मालारानी गाउँपालीका वाड नम्वर ५ को आधारभुत विद्यालयमा अध्यापन गराउने शिक्षकले पनि नाम नछाप्ने सर्तमा भने दैनिक ५ सय पाउँने गरि भरपाई गरेको तर पैसा नपाएको बताए । उनले पछि मिलाउन्छम भनेका छन् हेरौ के हुन्छ उनले थपे ।
अर्का एक आधारभुत विद्यालयमा प्रअले भने पैसा नबुझी सहिछाप गरियो यो पत्रकार भन्न मिल्ने होकी होईन् भनीहाले सत्य कुरा पैसा नबुझेको पक्का हो उनले हास्दै भने ।
३ सय शिक्षकको रकम जम्मा हुदाँ हुने रकम ७ दिनको २० लाख ५० हजार रूपैया गाउँपालीका भित्र वेपक्ता भएको छ  । तालीम सहभागी अधिकाम्सलाई रकम बारे टेलिफोनमा सोध्दाँ रकम नब’झको प्रतिक्रिया दिएका छन् । सबै जसोको भनाई एउटै रहेको छ हस्ताक्षर गरेका छौ रकम ब’झका छैनौ ।
मालारानी गाउँपालीका भरि ३ सय शिक्षकलाई तालिम दिने लक्ष्य राखीएको थियो । समापन समारोह खसी बोका काटेर भोज भतेरको आयोजना गरि सकिएको हो । कहिले स्थानीयलाई विवाद ल्याउने निर्णय गरि ३/४ दिन सम्म कार्यालयमा तालवन्दि त कहिले कार्यालय नै खाँली गरि भोज मस्ती सहित घुम्न गएको विवादले तात्दै आएको पालीका यसपटक फेरी आर्थिक अनियमिताले विवादमा तानिएको छ ।तालिमको प्रमाणपत्रमा मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्य, प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रराज मरासिनी लगाएतले हस्ताक्षर गरेका छन्  । सिंहदरवारको अधिकार गाउँगाउँमा भनेको तर सिंहदरवारबाट सिंंहमात्र गाउँमा आएका हुनकी भन्ने आभाश हुने गरेको स्थानीयको भनाई रहेको छ ।

अन्य समाचारहरु