ढाकावाङमा भैलोको पैसाबाट फोहोर ब्यबस्थापनको लागि डस्विन बितरण

श्याम घिमिरे 
माघ ८ अर्घाखाँची – भूमिकास्थान नगरपालिका वडानम्वर २ ढाकावाङमा रहेको भगवती आधारभुत बिद्यालयको बाल क्लबले २)७५को तिहारको देउसी भैलोबाट जम्मा गरेको रकम बाट वडानम्वर २ भित्र रहेका सम्पूर्ण बिद्यालय र टोलमा सोमबार एक कार्यक्रमका बिच फोहोर ब्यबस्थापनको लागि डस्विन बितरण गरेको छ  । 
 क्लबका अध्यक्ष समीर खनालको अध्यक्षता र सन्ध्या खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा वडानम्वर २ का वार्डअध्यक्ष बुद्दी बहादुर थापा, बिद्यालयका प्रअ कमल प्रसाद खनाल, स्थानीय चुरामणि खनाल लगायतले मनतब्य राख्दै क्लबको काम प्रति म’क्तकण्ठले प्रशंसा गरेका थिए । 

अन्य समाचारहरु