डिभर्नामा सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखकीकरण सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
डिभर्ना, ९ माघ २०७५ अर्घाखाँची ।  एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका ११ डिभर्नामा सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखकीकरण कार्यक्रम सम्पन्न भएको छ । 
पारष्परिक जवाफदेहिता परियोजनामा अन्र्तगत भएको अभिमुखकीरण कार्यक्रममा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, सार्वजनिक खर्चको सोधखोज, सूचनाको हक लगायतका औजारहरुको बारेमा अभिमुखीकरण दिइएको थियो । 
कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदयकुमार भुसाल, कार्यकारी निर्देशक कृष्ण विश्वकर्मा, मित्र समाजका गोबिन्द बस्नेत, कार्यक्रम संयोजक हीरा कुँवर, जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको थियो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिका ११ का वडाध्यक्ष धुर्वराज आचार्यले सुशासन, जवाफदेहिता र पारदर्शीता अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको थियो । आचार्यले संस्थाले वडामा सुशासन र जवाफदेहिता अभिबृद्धि गर्ने सन्दर्भमा वडा कार्यलय तथा सिंगो नगरपालिकालाई समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 
संस्थाका अध्यक्ष हृदयकुमार भुसालको अध्यक्षता रहेको कार्यक्रममा कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले विषयवस्तु माथि प्रकाश पार्नुभएको थियो । वडाअध्यक्ष धुर्वराज आचार्यको प्रमुख आथित्यता रहेको कार्यक्रममा वडासदस्य नुमा सोमै पार्वता वि.क, विजय मा.बिका प्राचार्य भुपाल खनाल, वडा सचिव कुलदिप पोख्रेल, स्वास्थ्य चौकी इन्चार्ज सुवासचन्द सेर्पाइली, पत्रकार महासंघका प्रदेश सदस्य प्रमेनारायण आचार्य, संस्था सुस्मिता भुजेल, सागर परियार लगायतको आथित्यता रहेको थियो ।

अन्य समाचारहरु